काठमाडौं । नेपाल भ्रमणमा आइपुगेका बेलायती राजकुमार दम्पती एक सातासम्म नेपालमा रहने भएका छन् ।
मंगलबार विहान काठमाडौं उत्रिएका बेलायती रानी एलिजाबेथ द्वितीयाका कान्छा सन्तान अर्थात् वर्तमान राजा चाल्र्स तृतीयाका कान्छा भाइ राजकुमार एडवार्ड र राजकुमारी सोफिया राष्ट्रपति रामचन्द्र पौडेलसँग विशेष भेट गर्ने कार्यक्रम रहेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोझै लैनचौरस्थित बेलायती दूतावास गएका थिए । उनीहरुले आज दिउसो नै शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेललाई भेट गर्ने कार्य तालिका रहेको नेपालस्थित बेलायती दूताबासले जनाएको छ ।
६ दिनको नेपाल बसाइका क्रममा उनीहरु पोखराको ब्रिटिश गोर्खा क्याम्पमा आयोजना हुने एक विशेष समारोहमा सहभागी हुने तर अन्य स्थानको भ्रमणबारे टुंगो लागिनसकेको दूताबासले जनाएको छ । उनीहरु २७ गते साँझ स्वदेश फर्किने तालिका छ ।