काठमाडौं । रवि लामिछानेविरुद्धको थुनछेक बहस नसकिएपछि उनलाई न्यायिक हिरासतमा राख्न आदेश अदालतले दिएको छ ।
न्यायाधीश दयाराम ढकालको इजलासले उनलाई प्रहरीको जिम्मा लगाउने आदेश गरेको हो।
सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलनको मुद्दामा रास्वपाका सभापति रवि लामिछानेविरूद्धको थुनछेक बहस भोलीसम्मका लागि स्थगित भएको हो ।
उनलाई भोलि बिहान १० बजे अदालतमा उपस्थित गराउन भनिएको छ।
यसअघि थुनछेक बहस हेर्दाहेर्दैमा हुँदा कास्की र काठमाडौँ अदालतले उनलाई हिरासतमा राख्ने आदेश दिएका थिए। रुपन्देहीमा भने पत्नीको जिम्मामा पठाइएको थियो। यी तीनवटै अदालतबाट उनी धरौटीमा रिहा भएका थिए।
जाहेरवालाको तर्फबाट अधिवक्ता रमेश काफ्लेले बहस गरेपछि बुधवारका लागि बहस सकिएको हो। सरकारी वकिल तर्फबाट जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने र सहायक न्यायाधिवक्ताहरू अमृत सुवेदी, बुद्धबहादुर थापासहित ३ जनाले बहस गरेका थिए।