बंगलादेशमा अन्तरिम सरकारको नेतृत्व गर्न मुहम्मद युनुसले गर्ने

  • नोबेल पुरस्कार विजेता मुहम्मद युनुस अन्तरिम सरकारको नेतृत्व गर्न तयार भएका छन् ।

    प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेपछि सोमबार बंगलादेशका सेना प्रमुखले पत्रकार सम्मेललन गरेर अन्तरिम सरकार बनाउने घोषणा गरेका थिए । सोमबार नै साँझ राष्ट्रपति मोहम्मद शाहबुद्दिनले विभिन्न नेताहरुसँग छलफल गरेका थिए, जसमा उनले अन्तरिम सरकार गठन गर्ने, नयाँ निर्वाचन घोषणा हुने र कर्फ्यु अन्त्यको घोषणा गरे । उनले विपक्षी नेता खालिदा जिया र आन्दोलनका क्रममा पक्राउ परेका सबै विद्यार्थीहरुलाई रिहा गर्न समेत आदेश दिएका छन् ।

    आन्दोलनको नेतृत्व गरेका विद्यार्थी नेताहरुले सेनाको नेतृत्वमा अन्तरिम सरकार मान्य नहुने बताएका छन् ।
    सामाजिक सञ्जाल फेसबुकमा भिडियो सार्वजनिक गर्दै विद्यार्थी नेताहरुले अर्थशास्त्री मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार बनाउन प्रस्ताव गरेका छन् ।

    उनीहरुले दिउँसो ३ बजेसम्म संसद विघटन गर्न समेत राष्ट्रपतिलाई आग्रह गरेका छन् ।

    विद्यार्थीहरुले प्रस्ताव गरेका युनुस पनि सरकारको मुख्य सल्लाहकारका रुपमा अन्तरिम सरकारको नेतृत्व गर्न तयार भएका छन् । सुरुमा आफू तयार नभएको भन्दै उनले भनेका छन्, ‘किनकी मैलै गर्नुपर्ने काम धेरै छ ।’

    बंगलादेश बाहिर (फ्रान्समा) रहेका ८४ वर्षका उनले भने, ‘विद्यार्थीहरुले धेरै त्याग गरेका छन्, देशका नागरिकहरुले पनि त्याग गरेका छन् । मेरो पनि केही दायित्व हुन्छ । त्यसपछि मैले विद्यार्थीहरुलाई यो जिम्मेवारीका लागि तयार छु भनेको हुँ ।’

    उनले अब छिट्टै बंगलादेश फर्किन लागेको समेत बताए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation