जनकपुरधाममा एक युवकको झुन्डिएको अवस्थामा शव फेला

  • जनकपुर । जनकपुरधाममा एकजना युवाको शव झुन्डिएको अवस्थामा फेला परेको छ ।

    जनकपुरधाम उपमहानगरपालिका वडा नं.१९ पुलचोस्थित आँपको बगैचामा अन्दाजी २५ वर्षीय युवकको शव झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

    बुधबार (आज) विहान स्थानीयहरुले शव झन्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

    मृतकको पहिचान खुल्न नसकेको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी धनुषाका प्रवक्ता नायव प्रहरी उपरीक्षक बरुण सिंहले जानकारी दिए । शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल पठाइएको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation