लाइफगार्ड अस्पतालमा आगलागी

  • विराटनगरस्थित लाइफगार्ड अस्पतालमा आगलागी भएको छ । प्रहरीका अनुसार अस्पतालको आईसीयू कक्षमा आइतबार दिउँसो आगलागी भएको हो । अस्पतालका प्रशासन प्रमुख निरज श्रेष्ठले दिउँसो ३ बजेतिर एक्कासी आगलागी सुरु भएको र नियन्त्रणको प्रयास भइरहेको जानकारी दिए ।
    आगलागी नियन्त्रणमा लिन विराटनगर महानगरसहितका नगरपालिकाबाट आएका दमकल परिचालन गरिएको श्रेष्ठले जनाए । उनका अनुसार, ‘आईसीयूमा बिरामी भने थिएनन् ।’
    अन्य वार्डका बिरामी र कुरुवाहरू सुरक्षित रहेको बताइएको छ । विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अस्पताल प्रशासनको भनाइ छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation