जनतालाई स्विकार्दै पछि हटे हर्क साम्पाङ

  • धरानका मेयर हर्क साम्पाङले जनताको आवाजलाई स्विकार्दै खानेपानी महशुल वृद्धिको आन्दोलनरत रहेका १० दलका प्रतिनिधिहरुसँगको छलफलमा आन्दोलनकारीको मागलाई सम्बोधन गर्दै आफु जनताको लागि काम गर्दै आएको प्रमाणित गरेका छन् । केहि समयअघि मात्रै आदिवासी जनजाति दिवसको दिन एक कार्यक्रममा बोल्दै साम्पाङले धरानवासीको हितमा काम नगरेको भए आफुले राजीनामा दिन तयार भएको बताएका थिए ।

    उनले धरानवासीलाई छातीमा हात राखेर एकपटक आफुले गरेको कामको मुल्याङ्कन गर्न समेत आग्रह गरेका थिए । त्यस्तै उनले कार्यक्रममै जलाधार बेच्नका लागि परेका दलहरु अझै पनि धरानमा रहेको जिकिर समेत गरेका थिए । उनले २० रुपैयाँ तिर्न नसक्नेले धरानको उन्नति कसरी गर्न सक्छ भन्दै प्रश्न समेत गरेका थिए । आफुले जति गरेपनि जनताले नबुझेको भन्दै आन्दोलनरत रहेका १० दलाका प्रतिनिधिलाई वार्ताका लागि आह्वान गरेका थिए । सोहि आह्वान अनुसार आइतबार साँढे २ बजेदेखि सुरु भएको वार्ता बेलुकी अबेरसम्म भएको थियो । उक्त वार्तामा खानेपानीको महसुल वृद्धिको निर्णय फिर्ता लिने लगायतका तीन बुँदे सहमति भएको हो ।

    वार्तामा खानेपानी महसुलमा गरिएको वृद्धि तत्काललाई फिर्ता लिने, सात दिन भित्र खानेपानी बोर्डको हिसाब सार्वजनिक गर्ने र बोर्डको पूर्णताबारे उच्च अदालतको फैसला मान्ने सहमति भएको वार्तामा सहभागी एक जनाप्रतिनिधिले जानकारी दिए । यो सहमतिसँगै तीन सातादेखि आन्दोलनमा उत्रिएका दल र स्थानीय उपभोक्ताले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । वार्तामा भएको सहमति आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिँदै छ ।

    वार्तामा खानेपानी महसुलमा गरिएको वृद्धि तत्काललाई फिर्ता लिने, खानेपानी बोर्डको पूर्णता बारे उच्च अदालतको फैसला मान्ने र सात दिन भित्र बोर्डको हिसाब सार्वजनिक गर्ने सहमति भएको छ ।
    उपमहानगरपालिका कार्यालयभित्र वार्ता भइरहेका बेला बाहिर आन्दोलनरत उपभोक्ता र दलका प्रतिनिधिहरुले धर्ना दिएका थिए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation