शनिबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच सरकारका कामकारबाहीका विषयमा छलफल भएको हो । यसबारे प्रधानमन्त्री ओलीले आफ्नो फेसबुकमार्फत शेयर गरेका छन्।
‘आज शनिबार, नेपाली कांग्रेसका सभापति, पूर्व प्रधानमन्त्री, मेरा मित्र शेरबहादुर देउवाजीसँग कुराकानी भयो । केही जानकारी आदानप्रदान, केही राजनीतिक विमर्श भए । सरकारले गरिरहेका र गर्नुपर्ने कामका विषयमा पनि कुरा भए,’ उनले लेखेका छन्।