नक्कली भुटानी शरणार्थी प्रकरणमा झन्डै एक वर्षपछि समातिएका बेचन झा पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
आइतबार न्यायाधीश तीर्थराज केसीको इजलासले झालाई धरौटीमा रिहा गर्न अस्वीकार गर्दै काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।
सरकारी वकिलको कार्यालयले साउन २९ गते झाविरूद्ध ठगी, लिखत कीर्ते, राज्यविरूद्ध र संगठित अपराधसम्बन्धी कसुरमा मुद्दा दायर गरेको थियो । उनले इन्कारी बयान दिएका थिए ।