संगीत उद्योग संघमा प्रहरीले हान्यो छापा

  • नेपाल संगीत उद्योग संघमा मानव बेचविखनमा अनुसन्धान ब्यूरोले छापा मारेको छ । आज बिहान संघको अनामनगरस्थित कार्यालयमा प्रहरीले छापा मारेको हो । प्रहरीले कसैलाई पक्राउ भने गरेको छैन । तर, कागजातहरू बरामद गरेको प्रहरीको भनाई छ ।

    आम मानिसहरूलाई नक्कली कलाकार, गायक–गायिकाको कागजात बनाएर अष्ट्रेलियामा पठाउने गरेको समाचारहरू सार्वजनिक भएपछि ब्यूरोले छापा हानेको हो । कागजातहरू हेरेर अनुसन्धान गर्ने प्रहरीको भनाइ छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation