ट्युनियाकी योस्रा जेरामदिनीले मधेश युनाइटेडबाट खेल्ने

  • एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल)का लागि मधेश युनाइटेडले आफ्नो दोस्रो विदेशी खेलाडीको नाम सार्वजनिक गरेको छ ।
    मधेशले लिगलाई मध्यनजर गर्दै ट्युनिसियाकी योस्रा जेरामदिनीलाई दोस्रो विदेशी खेलाडीको रुपमा घोषणा गरेको हो ।
    यो सँगै ईडब्लुभिएलका लागि दुई विदेशी घोषणा गर्ने मधेश पहिलो टोली बनेको छ । मधेशले यसअघि नै काजकिस्तानकी कालिनोभा एभजेनियालाई अनुबन्धन गरिसकेको छ ।
    ट्युनिसियाकी मिडल ब्लकर योस्राले पहिलो संस्करणको एभरेष्ट वुमन्स भलिबल लिमा अब मधेश युनाइटेडबाट खेल्नेछिन् । ट्युनिसियाको वर्तमान राष्ट्रिय टिमकी सदस्यसमेत रहेकी २३ वर्षीय योस्रासँग रसियन लिग खेलेको अनुभव छ । उनले ट्युनिसियन लिग, ट्युनिनिसियन सुपर कप समेत खेलेकी छन् । उनको उचाई १८४ सेन्टिमिटर छ ।
    योस्राले मधेश युनाइटेडसँग अनुबन्ध भएकोमा खुशी व्यक्त गर्दै मधेश युनाइटेडबाट खेल्न आफु एकदमै उत्साहित रहेको बताएकी छन् ।
    ’पहिलो संस्करणको एभरेष्ट वुमन्स भलिबल लिगमा म मधेश युनाइटेडबाट खेल्दैछु । लिगमा लागि म उत्साहित छु । नेपालको नाम धेरै सुनेको छु । म यो सुन्दर देशमा गएर खेल्न उत्साहित छु ।’
    मधेश युनाईटेडकी अपरेसन हेड संज्ञा श्रेष्ठले योस्रालाई मधेश टिममा स्वागत गर्दै उनको आगमनले टिम अझ बलियो हुने बताइन् । यसअघि नै मधेश युनाइटेडले काजकिस्तानकी हाउटसाइड हिटर कालिनोभा यभजेनियाको नाम घोषणा गरिसकेको छ ।
    नेपाली राष्ट्रिय टिमकी स्पाइकर निरुता ठगुन्ना मार्की प्लेअरमा रहेको मधेश युनाइटेडको टिममा अहिलेसम्म ८ नेपाली र २ विदेशी गरी १० खेलाडीको नाम सार्वजनिक भइसकेको छ । मार्कीसहित नेपाली खेलाडीहरुको नाम पनि यसअघि नै सार्वजनिक भइसकेको छ ।
    जसमा राष्ट्रिय टिमकै संगम महतो र शान्तिकला तामाङ पनि छन् । यस्तै काभा यू २० महिला च्याम्पियनसिप खेले यू२० राष्ट्रिय टिमकी एलिशा मानन्धर र आशिका क्षेत्री पनि मधेश टिममा छन् । राष्ट्रिय टिमबाट खेलिसकेका पुजा थारु र हिरा केसी पनि मधेश टिमबाट खेल्नेछन् । जसना महतो पनि मधेशको टिममा छिन् ।
    ईन्फिनिटी ड्रिम्सको आयोजनामा पहिलो पटक महिला भलिबलको फ्रेन्चाईज लिग एभरेष्ट वुमन्स भलिबल लिगको पहिलो संस्करणमा ६ टोलीले सहभागिता जनाउनेछन् ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation