सुनचाँदीको मूल्य बढ्यो

  • साताको पहिलो कारोवार दिन आज (आइतबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुन एक हजार रूपैयाँले बढेको हो ।
    शुक्रबार १ लाख ५१ हजार ४ सय रूपैयाँ कारोवार भएको छापावाल सुन आज बढेर १ लाख ५२ हजार ४ सय रूपैयाँमा कारोवार भैइरहेको छ । यस्तै आज चाँदीको मूल्य पनि बढेको छ ।
    शुक्रबार तोलामा १ हजार ८ सय १५ रूपैयाँमा कारोवार भएको चाँदी आज ३५ रूपैयाँले बढेर १ हजार ८ सय ५० रूपैयाँमा कारोवार भैइरहेको छ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation