मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी रास्वपाबाट निष्काशन 

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निलम्बित महामन्त्री डा. मुकुल ढकाललाई पार्टीको साधारण सदस्यता समेत नरहनेगरी निष्काशन गरेको छ ।

    मंगलबार बिहान बसेको केन्द्रीय समिति बैठकले पार्टी अनुशासन आयोगको सिफारिसका आधारमा ढकाललाई पार्टीको साधारण सदस्य नरहनेगरि निष्काशन गरेको पार्टी सहप्रवक्ता मनिष झाले जानकारी दिए ।

    उनले भने, पार्टीका पूर्व महामन्त्री डा. मुकुल ढकाललाई पार्टीको साधारण सदस्यबाट कारबाही गर्ने कि नगर्ने भन्ने छलफलहरु भयो । पार्टीको अनुसाशान आयोगले उहाँलाई कारबाही गर्ने भनेर गरेको सिफरिसको आधारमा सदस्य समेत नरहनेगरि पार्टी नियम ५६ को उपनियम ३ बमोजिम र राजनीतिक दलसम्बन्धी ऐनका आधारमा निष्काशन गरेका छौ

    पार्टीविरुद्ध लागेको भन्दै निलम्बनमा परेका महामन्त्री ढकाललाई रास्वपाले पटक–पटक स्पष्टीकरण सोधेको थियो ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation