मंगलबार सेयर बजार परिसूचक (नेप्से) ११२ अङ्कले घटेको छ । २८९९ बिन्दुबाट सुरु भएको बजार सामान्य उतारचढावका बिच घटेर २७८२।६० बिन्दुमा पुगेर कारोबार बन्द भएको हो ।
पछिल्ला केही दिनदेखि सेयर बजार भारी अङ्कले घट्न थालेको छ । असार ३१ गते ३००० बिन्दुमा पुगेर कारोबार बन्द भएको थियो । भदौ २ गते, आइतबार ३४ अङ्कले घट्दै परिसूचक १९६६ बिन्दुमा ओर्लियो ।
त्यसपछिका दुई कारोबार दिनमा नेप्से स्थिरजस्तै देखियो । गएको आइतबार फेरि ८० अङ्कले बजार घट्यो । आज ११२ अङ्कको गिरावट देखियो ।