राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले संसदमा भर्खरै दर्ता गरिएको विधेयकहरुको ड्राफ्ट मन्त्रालयले नभई बिचौलीयामार्फत तयार पारिएको भन्दै आपत्ति जनाएकी छन् ।
बुधबार संघीय संसदअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा विधायन सम्बन्धमा बनेको विधेयकमाथिको दफावार छलफलमा भाग लिँदै सांसद गौतमले सम्बन्धित मन्त्रालयले कानून आयोगसँग छलफल गर्नुपर्ने भएपनि कन्सलटेन्सी र बिचौलियामार्फत ड्राफ्ट तयार भइरहेको बताइन् ।
उनले भनिन्, ‘साउन ३२ गते विधेयकहरु संसदमा दर्ता भएका छन् । ति विधेयकहरु बाहिर कतै ड्राफ्ट भएर आएको भन्ने कुरा आइसकेको छ । विधेयक बनाउने जिम्मेवारी त मन्त्रालयको हो । सम्बन्धित मन्त्रालयले कानून आयोगसँग समन्वय गर्नुपर्ने हो । तर अस्ति जुन विधेयक संसदमा छलफलको लागि आयो । त्यसको पिडिएफ डाउनलोड गरेर हेर्यौँ भने त्यसमा
विधेयकका सम्बन्धमा बाहिर आएको कुराहरु गम्भीर विषय भएको उल्लेख गर्दै सांसद गौतमले विधेयकको मस्यौदा कानून आयोगले गर्ने स्पष्ट पारिन् ।
‘यो गम्भिर विषय हो । मस्यौदा कानून आयोगले नै गर्ने हो । यसको अन्तिम जिम्मेवारी मन्त्रालयले लिने हो । विधेयकको बाहिर ड्राफ्ट गर्ने बिचौलिया अथवा कन्सलटेन्सीलाई दिने काम बन्द गर्नुपर्छ । विज्ञ चाहिन्छ । बरु मन्त्रालयले कानून आयोगलाई समय निर्धारण गरिदिनुपर्छ । कति समयपछि ड्राफ्ट गरेर दिने हो भनेर, ’ उनको भनाई थियो ।