नेपालविरुद्ध बंगलादेशको तेस्रो गोल, दबाबमा नेपाल

  • साफ यू–२० च्याम्पियनसीपको फाइनलमा बंगलादेशले घरेलु टोली नेपालविरुद्ध तेस्रो गोल गरेको छ ।

    सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलमा बंगलादेशले ३–० को अग्रता लिएको हो।

    खेलको ७१ औं मिनेटमा रवि हुसेनले गोल गरेका हुन् । डिबक्स एसियाबाट मिराजुलले दिएको पासमा उनले सहजै गोल गरे ।

    खेलको ९औं मिनेटमै नेपालले सुवर्ण अवसर प्राप्त गरेको थियो। करिब २५ यार्डबाट नीराजन धामीले बार च्याप्दै प्रहार गरेको बल मोहम्मद आसिफले मुस्किलले पञ्च गरेका थिए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation