‘नोट’ लेखेर बागमतीमा हाम फालेकी युवतीको खोजी जारी

  • आइतबार लतिलपुरको च्यासल नजिकै दोभान पुलबाट बामगती नदीमा हाम २० वर्षीया युवती बेपत्ता भएपछि उनको खोजी भैरहेको छ । उनले हाम फाल्नुभन्दा अघि अङ्ग्रेजी भाषामा नोट लेखेकी छिन् । बागमती पुलमुनि भेटिएको नोटमा उनले लेखेकी छन्, ‘यसमा कसैको दोष छैन ।’

    उक्त नोटमा २० वर्षीया अञ्जली शर्माले मेरै कारणले यो निर्णय गरेकी हुँ । भदौ १६ मा बेलुका ७ बजेतिर ललितपुर महानगरपालिका–९ च्यासलस्थित पुलबाट रुकुम मुसीकोट घर भएकी हाल बालकुमारी बस्ने अञ्जलीले हामफालेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
    पुलमुनि फेला परेको मोबाइल र झोला अञ्जलीकै भएको पुष्टि भएको ललितपुरका एसपी नरेशराज सुवेदीले बताए । अञ्जलीको खोजीमा सेना र सशस्त्र प्रहरी परिचालन गरिएको छ । सशस्त्र र सेनाका गोताखोरले दोभान पुल हुँदै बल्खुसम्म खोजी गरेका छन् । तर, बल्खुसम्म खोज्दा उनको अवस्था अज्ञात छ । के कारणले आत्महत्या रोज्न पुगिन् भन्ने स्पष्ट भएको छैन ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation