‘एभरेष्ट वुमन भलिबल लिग’को ‘ट्रफी टुर’ कर्णालीमा सम्पन्न

  • नेपालमा पहिलो पटक हुन लागेको ‘एभरेष्ट वुमन भलिबल लिग (ईडब्लुभिएल)को ‘ट्रफी अनावरण समारोह’ अर्थात ‘ट्रफी टुर’ कर्णालीमा सम्पन्न भएको छ ।

    ‘कर्णाली यश्विज’ द्वारा आयोजित ‘ट्रफि टुर’ कर्णाली प्रदेशको राजधानीबाट सुरु गरिएको थियो । पहिलो पटक हुन लागेको यस फ्रेन्चाइज लिगको ट्रफी मंगलबार सुर्खेतस्थित नमस्ते नेपाल हलमा अनावरण गरिएको थियो ।

    ‘ट्रफी अनावरण’ समारोहमा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राजिव विक्रम शाह प्रमुख अतिथिको रुपमा उपस्थित थिए । त्यसैगरी, भव्यताका साथ सम्पन्न भएको कार्यक्रममा कर्णाली प्रदेश भलिबल संघको अध्यक्ष, भलिबल संघको केन्द्रिय सचिव, सदस्य, प्रशिक्षक, खेलाडी मिना सुनुवार, लगायत खेलाडी, विद्यार्थीहरु तथा भलिबल प्रेमीहरुको पनि बाक्लो उपस्थिति रहेको थियो ।

    Voleyball

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation