‘ठूला दुई दल देशलाई अप्ठ्यारो परिस्थितिबाट बाहिर निकाल्न एक भएका हौं’

  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले, ठूला दुई दल राजनीतिक स्वार्थको लागि नभएर देशलाई अप्ठ्यारो परिस्थितिबाट बाहिर निकाल्न एक भएको बताएका छन् ।
    बुधबार नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८१ का अवसरमा आयोजित ‘संविधान र संस्कृति’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले, देशलाई अप्ठ्यारो परिस्थितिबाट बाहिर निकाल्न ठूला दुई दल एक भएको भन्दै यसलाई राजनीतिक स्वार्थको रुपमा नलिन आग्रह गरे ।
    उनले भने, ‘नेकपा एमाले र कांग्रेस एक ठाउँमा आएका छन् । यो दुई वटा पार्टी एक ठाउँमा आउने कुरालाई केवल हामीले राजनीतिक अर्थमा बुझ्यौं अथवा कांग्रेस एमाले लगायतका पार्टीलाई केवल राजनीति अर्थमा बुझे । अरु साना दलहरुलाई खुम्च्याउने, ठूला दुई दलको सिन्डिकेट कायम गर्ने फेरि राजनीतिलाई कतैतिर केन्द्रित गर्ने ढंगले मात्रै हामीले बुझ्यौं भने संस्कृतिको सम्मान गरेको भन्ने बुझिदैन् । दुई ठूला दल एक ठाउँमा आउनुको कारण देश अप्ठ्यारोमा छ ।

    हामी आफ्ना इगोहरुलाई, प्रतिस्पर्धालाई विराम गरेर देशको परिवर्तनको लागि एक भएका हाैँ ।’

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation