‘पाँचौं मिस्टर काठमाडौं’ विजेता प्रकाश राईको निधन

  • पाँचौं मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताका विजेता प्रकाश राईको हृदयघातका कारण निधन भएको छ ।

    बुधबार बिहान ६ बजेतिर ४५ वर्षीय राईलाई असहज भएपछि ग्रान्डी अस्पताल लगिएको थियो । उपचारको क्रममा ७ बजे निधन भएको अस्पताल स्रोतले जनाएको छ ।

    उनको मृत्युको कारण खुलिनसकेको प्रहरीले जनाएको छ । आफन्त आएपछि थप प्रक्रिया अघि बढ्ने प्रहरी वृत्त महाराजगन्जले जनाएको छ ।

    फोनिक्स फिट्शालाका राईले गत शनिबार काठमाडौंको दशरथ रंगशालास्थित कभर्ड हलमा सम्पन्न भएको प्रतियोगितामा ७५ केजीमाथि तौल समूहमा मिस्टर काठमाडौंको उपाधि जितेका थिए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation