‘केन्द्रीय तथ्यांक कार्यालयको सर्वेलाई आधारशिला बनाएर राष्ट्र बैंक अगाडि बढ्छ’

  • नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उपभोक्ता मूल्य स्थिरताको विषयमा राष्ट्र बैंक आफैले नीति निर्माण गर्छ भन्ने गुनासो आउने गरेको बताएका छन् ।

    बुधबार उपभोक्ता मूल्य सुचाङ्क सार्वजनिक सम्बन्धमा छलफल एवं पत्रकार सम्मेलनमा उनले केन्द्रीय तथ्यांक कार्यालयले गरेको सर्वेक्षणको सर्वेलाई नै आधारशिला बनाएर ८०, ८१ लाई आधार वर्षको रुपमा तय गरेर राष्ट्र बैंक अगाडि बढि रहेको बताए ।

    उनले भने,‘राष्ट्र बैंकलाई धेरै आरोप लाग्ने गरेको छ मूल्य स्थिरताको विषयमा राष्ट्र बैंक आफैले नीति बनाउछ, आफै लक्ष्य राख्छ, आफै मुद्रा संकलन गर्छ, आफै वस्तु निर्धारण गर्छ, आफै सर्वे गर्छ भन्ने, तर अहिले त्यो सबै कार्य केन्द्रीय तथ्यांक कार्यालयले गरेको जुन सर्वे छ त्यो सर्वेलाई टेकेर काम गरिरहेका छौ । त्यही सर्वेलाई टेकेर यो आधारशिला बनाएर यो वर्ष ८०, ८१ लाई आधार वर्षको रुपमा तय गरेर राष्ट्र बैंक अगाडि बढि रहेको छ ।’

    उनले मूल्य सुचाङ्क सार्वजनिकमा कनि ढिलाई भन्ने प्रश्न धेरैले गरेको भन्दै रफ तथ्याङ्क सार्वजनिक गर्दा विश्वासनियतामाथि नै प्रश्न उठ्ने भएकाले समय लगाएर भएपनि सहि तथ्याङ्क सार्वजनिक गरेको बताएका हुन् ।

     

     

     

     

     

     

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation