![](https://newsinnepal.com/wp-content/uploads/2024/10/aktor-x-comedy-darbar.jpg)
कार्तिक १५ गते लक्ष्मीपूजाको दिन रिलिज हुन लागेको नेपाली चलचित्र ‘एक्टर : टेक वन’ले लोकप्रिय कमेडी रियालिटी शो ‘कमेडी दरबार’सँगको सहकार्यमा राष्ट्रिय स्तरको प्रचारात्मक टुर आयोजना गर्ने भएको छ ।
यो प्रचारात्मक टुर कार्तिक १ देखि ७ गतेसम्म आयोजना हुनेछ। कार्तिक १ गते सुनसरीको इटहरीबाट सुरु भई, २ गते चितवनको नारायणगढ, ३ गते रुपन्देहीको बुटवल, ४ गते बाँकेको नेपालगन्ज, ५ गते दाङको तुलसीपुर, र अन्तिम कार्यक्रम ७ गते कास्कीको पोखरामा सम्पन्न हुनेछ ।
चलचित्रका निर्माता थमन कुमार भण्डारीले कार्यक्रममा स्थानीय प्रतिभाहरूलाई पनि स्थान दिने जानकारी दिएका छन् । लिभेन्ट्स स्टुडियोजले व्यवस्थापन गर्ने यो कार्यक्रम खुला र निःशुल्क हुनेछ ।
प्रत्येक कार्यक्रमहरूमा चलचित्र ‘एक्टरस् टेक वन’का कलाकारहरू प्रदीप खड्का, अन्ना शर्मा, दिव्या रायमाझी लगायतका प्रस्तुति हुनेछ भने ‘कमेडी दरबार’का चर्चित कमेडियनहरू सुन्दर खनाल, पवन खतिवडा (म्याकुरी), हिमेश पन्त, सरोज भण्डारी, उत्सव सापकोटा, विकास अर्याल, पवित्र शाकी (मिस पबी), सिडी विजय अधिकारी, नम्रता सापकोटा, बिक्की अग्रवाल लगायतको सहभागिता रहनेछ ।
चलचित्रमा प्रदिप खड्का, राजबल्लभ कोइराला, अन्ना शर्मा, दिव्या रायमाझी, दिव्य देव, उषा रजक, सुशील सिटौलालगायतका कलाकारहरूको अभिनय रहेको छ । चलचित्रको निर्देशन राजन भुसालले गरेका छन् भने कथा आकाश बराल र राजन भुसालले लेखेका हुन् ।