बाङ्ग्लादेशले नेपालबाट किन्ने बिजुलीको भाउ तोक्यो, सम्झौताका लागि सरकार के गर्दैछ?

  • बाङ्ग्लादेशले नेपालबाट किन्ने बिजुलीको प्रति युनिट भाउ स्वीकृत गरेसँगै नेपालले तेस्रो मुलुकमा विद्युत् निर्यात गर्न पाउने ‘ढोका खुलेको’ ऊर्जा अधिकारीहरूले बताएका छन्।

    उनीहरूका भनाइमा नेपालबाट भारतको बाटो हुँदै बाङ्ग्लादेश पठाइने जलविद्युत्‌का लागि त्रिदेशीय समझदारी बनिसकेकाले अब केही साताभित्रै सम्झौता हुने सम्भावना छ।

    नेपाल, भारत र बाङ्ग्लादेशका विद्युतसम्बन्धी निकायहरूबीच हुने उक्त त्रिपक्षीय सम्झौताले नेपाललाई लामो समयसम्म प्रभाव पार्ने गरी अवसरको ढोका खोल्ने अधिकारीहरूको भनाइ छ।

    यद्यपि कतिपय ऊर्जा विज्ञ “यो सकारात्मक कुरा हुँदाहुँदै नेपालबाट बाङ्ग्लादेशसम्म बिजुली नपुगी विश्वस्त हुन नसकिने” बताउँछन्।

     

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation