आईसीसी टी–२० विश्वकप २०२४ को दोस्रो सेमिफाइनल खेलमा भारत र इंग्ल्यान्डबीच प्रतिस्पर्धा जारी छ टस जितेर पहिले बलिङ गरेको इंग्ल्यान्डले २.४ ओभरमा रिस टोप्लीले विराट कोहली बोल्ड आउट गरेका छन् रिस टोप्लीको बलमा ठुलो सट खेल्ने क्रममा मिस भएपछि लेग स्टम्प उडेको हो ।
यस विश्वकपमा टोलीको जितमा बलरको प्रदर्शन निर्णायक बन्दै आएको छ । इंग्ल्यान्ड र भारतको टोलीमा ब्याटिङ र बलिङमा म्याच विनर खेलाडीको कमी छैन ।
भारतमा रोहित शर्मा, विराट कोहली, सूर्यकुमार यादव, ऋषभ पन्त र हार्दिक पान्ड्या ब्याटरको रुपमा छन् । इंग्ल्यान्डमा जस बटलर, फिलिप साल्ट, जोनी बेयरस्टो र लियाम लिभिङस्टोन लगायतका ब्याटर छन् ।
बिहीबारको खेलमा भारततर्फ जस्प्रित बुमराह र कुलदीप यादवको प्रदर्शन महत्वपूर्ण हुनेछ । इंग्ल्यान्डतर्फ जोफ्रा आर्चर र स्पिनर आदिल राशिदको प्रदर्शन निर्णायक बन्नसक्छ । विगतमा भारत र इंग्ल्यान्डका ब्याटर र बलरको प्रदर्शनलाई यसरी मूल्यांकन गर्न सकिन्छ ।