नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतीक थापा पक्राउ
वि.सं.२०८१ असार १५ शनिवार ००:२३
2.05K
shares
shares

नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त प्रतीक थापा पक्राउ परेका छन्।
उनी नेकपा (एमाले) का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ का छोरा हुन्।
काठमाडौंको विशेष टोलीले उनलाई काठमाडौंको बौद्धबाट केहीबेर अघि पक्राउ गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआइजी दीपक थापाले बताए।
ठगी, कीर्ते, संगठित अपराध र राज्य विरूद्धको कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंले ३० जनालाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा पेश गरेको थियो। यो प्रकरणमा ३० जनाविरूद्ध ०८० जेठ १० गते सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गराएको थियो।













