पहिरोले कर्णाली राजमार्ग अन्तर्गत कालिकोट खण्ड अवरुद्ध
वि.सं.२०८१ असार २२ शनिवार ०३:५६
1.92K
shares
shares

शुक्रबारदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्न गई कर्णाली राजमार्गको कालिकोट सडक खण्ड अवरुद्ध भएको छ।
कालिकोटको हुल्म बजार लगायतका तीन ठाउँमा पहिरोले अवरुद्ध भएको हो। सडक अवरुद्ध भएपछि सुर्खेत-जुम्लाका लागि छुटेको सवारी साधनहरू बिच बाटोमा रोकिएका छन्।
बाटो खुलाउने प्रयास भइरहेको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी वीर बहादुर ओलीले जानकारी दिए ।













