युरोकपको २०२४ को सेमिफाइनल समीकरण पूरा

स्पेन र फ्रान्स तथा नेदरल्याण्ड र इंग्ल्याण्ड फाइनलका लागि भिडन्त हुने

377
shares

रोपियन च्याम्पियनसिप फुटबलको सेमिफाइनल समीकरणपूरा भएको छ।

सेमीफाइलनल पुग्ने दुई टिमको टुंगो गएराति लागेसँगै युरोकपको सेमिफाइनल समीकरणपूरा भएको हो।

गएराति स्वीटजरल्याण्डलाई हराएर इंग्ल्याण्ड र टर्किएलाई पराजित गर्दै नेदरल्याण्ड्स सेमिफाइनला पुगेको हो।

इंग्ल्याण्ड र स्वीट्जरल्याण्डबीचको खेलको टुंगो टाइब्रेकरबाट लागेको हो।

सेमिफाइनलमा स्थान सुरक्षित गर्न नेदरल्याण्ड्स टर्किएविरूद्ध २-१ गोलले विजयी भएको हो।

स्पेन र फ्रान्स यसअघि नै सेमिफाइनलमा पुगेको थियो।

स्पेनले जर्मनी र फ्रान्सले पोर्चुगललाई पराजित गर्दै सेमीफाइनलमा पुगेको थियो।

सेमिफाइनल खेल जुलाई १० देखि हुनेछ।

पहिलो सेमिफाइनल खेल स्पेन र फ्रान्सबीच बुधबार राति १२:४५ बजे हुनेछ।

दोस्रो सेमिफाइनल नेदरल्याण्ड र इंग्ल्याण्डबीच बिहीबार राति १२:४५ बजे हुनेछ।

फाइनल खेल जुलाई १५ मा हुनेछ।