भारतको नयाँ मुख्य प्रशिक्षक बने गौतम गम्भीर

  • भारतले नयाँ मुख्य प्रशिक्षकको रुपमा गौतम गम्भीरलाई नियुक्त गरेको छ । आईसीसी टी-२० विश्वकप २०२४ को उपाधि जितेसँगै राहुल द्रविडको भारतीय क्रिकेटमा मुख्य प्रशिक्षकको अवधि सकिएको थियो । बीसीसीआईका सचिव जय शाहले गम्भीर अव भारतको नयाँ मुख्य प्रशिक्षक बनेको जानकारी दिएका छन् ।

    भारतले सन् २००७ को टी-२० विश्वकप र २०११ को एकदिवसीय विश्वकप जित्दा गम्भीरको योगदान महत्वपूर्ण थियो । उनको कप्तानीमा कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) सन् २०१२ र २०१४ मा उपाधि जितेको थियो । सन् २०२४ मा कोलकाताले आईपीएलको उपाधि जित्दा उनी मेन्टरको रुपमा थिए ।

    उनको भारतीय क्रिकेटमा सम्झौता २०२७ डिसेम्बरसम्म हुनेछ । यसै महिनाको अन्तिमदेखि श्रीलंका भ्रमणमा तीन टी२० आई र ओडीआई सिरिजबाट गम्भीरले भारतीय टोली सम्हाल्ने छन् ।

    ४२ वर्षीय बायाँ हाते ब्याटर गम्भीर भारतका एक सफलअ ओपनर समेत हुन् । उनले भारतबाट ५८ टेस्ट, १४७ ओडीआई र ३७ टी-२० आई खेल खेलेका थिए ।
    २०२१ को टी-२० विश्वकपपछि राहुल द्रविडले भारतको मुख्य प्रशिक्षक सम्हाल्लेका थिए ।

    द्रविडको मुख्य प्रशिक्षकमा भारतले २०२३ को एसिया कप उपाधि, २०२३ को एकदिवसीय विश्वकप फाइनलमा पराजित र २०२४ को टी-२० विश्वकप उपाधि जितेको थियो । भारत युवा खेलाडीको साथ अघि बढ्ने भएपछि टी२० विश्वकप जितेसँगै कप्तान रोहित शर्मा, विराट कोहली र रविन्द्र जडेजाले टी२० आईबाट सन्न्यास लिएका थिए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation