नारायणगढ-मुग्लिन खण्डमा २ वटा बस पुरिएको स्थान (तस्वीरहरू )
वि.सं.२०८१ असार २८ शुक्रवार ०३:००
1.14K
shares
shares

चितवनको नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरोले दुईवटा बसलाई पहिरोले बगाउँदा बससहित यात्रुहरु बेपत्ता छन् ।
वीरगञ्जबाट काठमाडौंतर्फ गइरहेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स लेखेको बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको नम्बर नखुलेको गणपति डिलक्स लेखेको बसलाई आज बिहान करिब साढे तीन बजेतिर भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमताल भन्ने स्थानमा लेदो माटोसहितको पहिरोले बगाएर त्रिशूली नदी किनारमा खसालेको थियो ।
















