नवलपुरमा भेटियो सर्लाहीका रमितको शव, अर्को शवको पहिचान हुन बाँकी

1.35K
shares

नवलपुरको गैंडाकोटस्थित नारायणी नदीको किनारमा भेटिएको एउटा शव सनाखत भएको छ।

चितवनका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवकाअनुसार भेटिएका दुईमध्ये एक शव सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर ३ बस्ने १९ वर्षीय रमित कुशर माझीको हो।

उनका बुवा  रविन्द्र कुशर माझीले सनाखत गरेको यादवले जानकारी दिए।

उनी काठमाडौंबाट गौर जाँदै गरेको प्रदेश ०३- ००१ ख २४९५ नम्बरको गणपति बसमा सवार थिए।