बलेले गरे स्नेहासँग मागी विवाह

  • कलाकार सागर लम्साल ‘बले’ले आइतबार विवाह गरेका छन् । आइतबार चावहिलको एक ब्यांक्विटमा आयोजित वैवाहिक समारोहमा उनले झापाकी स्नेहा दंगालसँग लगनगाँठो कसे ।

    दंगालसँग उनले मागी विवाह गरेका हुन् । स्नेहा भक्तपुरको ठिमी अस्पतालमा स्टाफ नर्सको रुपमा कार्यरत छिन् ।

    विवाह समारोहमा दुबै पक्षका आफन्त र साथीभाईको सहभागिता थियो । बलेलाई बधाई दिन उनको सिरियल ‘सक्किगो नि’को टोली पुगेको थियो । उनलाई बधाईको ओइरो लागेको छ ।

    केही दिनपछि बलेको अभिनय रहने फिल्म ‘लाज शरणम’को समेत औपचारिक घोषणा हुँदैछ ।

     

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation