राजनीतिक अस्थिरतामा नेपाल ‘विश्व च्याम्पियन’
वि.सं.२०८१ साउन २ बुधवार ०८:२९
455
shares
shares

‘नेपाल राजनीतिक अस्थिरताको विश्व च्याम्पियन’ भन्ने शीर्षकमा फ्रान्सको सबैभन्दा ठूलो दैनिक पत्रिका ले मोन्डे
ले समाचार प्रकाशित गरेको छ ।
मंगलबार प्रकाशित उक्त समाचारको ‘लिडलाइन’ मै पत्रिकाले ‘राजनीतिक अस्थिरताको ओलम्पिक खेलमा नेपालले शीर्ष स्थान कायम राखेको छ,’ भन्ने उल्लेख छ ।
प्रधानमन्त्रीका रूपमा आइतबार सपथ खाएका केपी शर्मा ओली विगत १५ वर्षमा बनेका चौधौं प्रधानमन्त्री रहेको ‘ले मोन्डे’ ले लेखेको छ ।
नेपालमा सन् १९९० मा संसदीय प्रजातन्त्र पुनर्स्थापना भएपछिका उनी ३०औं प्रधानमन्त्री हुन् । यो भनेको हरेक वर्ष नयाँ प्रधानमन्त्री फेरिन्छ भन्ने हो । ३ करोड जनसंख्या भएको सानो हिमाली गणतान्त्रिक मुलुकका लागि यो महत्त्वपूर्ण उपलब्धि भएको भन्दै पत्रिकाले व्यंग्यवाण समेत प्रहार गरेको छ ।





