गाडी पल्टिँदा ३० प्रहरी घाइते

325
shares
  • प्रहरी बोकेर गुडिरहेको गाडी पल्टिँदा बुधबार विराटनगरमा ३० जना प्रहरी घाइते भएका छन्।
  • कोशी प्रदेश प्रहरी कार्यालयको गाडी बुधबार साँझ विराटनगर महानगरपालिका–१५ स्थित भट्टीमोडमा पल्टेको हो।
  • बा १ ग २५५९ नम्बरको टु टन गाडी पल्टिँदा त्यसमा सवार प्रहरी घाइते भएका छन्।
  • घाइतेमध्ये २२ जनाको कोशी अस्पतालमा उपचार भइरहेको छ। त्यसैगरी न्यूरो अस्पतालमा ५ जना, विराट मेडिकल कलेजमा २ जना र नोबेल मेडिकल कलेजमा १ जनाको उपचार भइरहेको कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिला बल्लभ अधिकारीको सचिवालयले जनाएको छ।
  • उपचारका लागि पठाइएकामध्ये प्रहरी सहायक निरीक्षक योगेन्द्र मगर र प्रहरी जवान सञ्जय ओझालाई बढी चोट लागेको छ।
  • सडकमा बालकलाई जोगाउन खोज्दा प्रहरीको गाडी दुर्घटनामा परेको प्रहरी भनाइ छ। सडकको नालामाथि पल्टिएको गाडी डोजरको सहायताले उठाएर हटाइएको प्रदेश प्रहरी कार्यालय, रानीले जनाएको छ।
  • मोहरम पर्वमा सुरक्षाका लागि थप बलका लागि प्रहरी लिएर रानीतर्फ जाने क्रममा गाडी दुर्घटना भएको हो।