निवेदन बंगलादेशबाट मात्रै होइन आफन्ताहरुले नेपालबाट दिन सक्ने परराष्ट्रले जनाएको छ । https://legal.nepalconsular.gov.np/passport गएर आवश्यक विवरण भरी फर्म सबमिट गरेर जानकारी गराउन सकिने परराष्ट्रले जनाएको छ । साथै, देहायबमोजिमका व्यक्तिहरूलाई प्रत्यक्ष सम्पर्क गरेर पनि जानकारी गराउन सकिने परराष्ट्रले जनाएको छ ।
परराष्ट्र मन्त्रालय, काठमाडौंमा महेश्वरमणि त्रिपाठीलाक्ई फोन नं. +९७७९८५११६६९८७ र इमेलः mahesh.mofa@gmail.com मा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ ।
त्यस्तै नेपाली राजदूतावास, ढाकामा द्वितीय सचिव योजना बम्जनलाई फोन नं. +८८०१८८०६९१०१३ र इमेल eondhaka@mofa.gov.np र eondhaka@dhaka.net तथा रिया क्षेत्रीलाई फोन नं. +८८०१७४५४०७९५८ र ईमेलः info@mofa.gov.np सम्पर्कगरी आवश्यक जानकारी दिन सकिने मन्त्रालयले जनाएको छ ।
साथै , बङ्गलादेशबाट हालसालै नेपाल फर्किएका वा अब फर्कने नेपाली विद्यार्थीहरूले आफ्नो नाम, राहदानी नं. एवं आफू अध्ययनरत विश्वविद्यालय, कलेज वा शैक्षिक संस्थाको नाम र ठेगाना तथा अहिले नेपाल आएको मिति समेतको विवरण देहायको इमेल मार्फत् परराष्ट्र मन्त्रालयमा जानकारी गराइदिन पनि मन्त्रालयले जनाएको छ ।