बुधबार कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने पूर्वानुमान छ । मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा पनि चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षा हुन सक्छ ।
बुधबार दिउँसो र राति देशभर साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने महाशाखाका मौसदविद्ले बताएका छन् ।
कोशी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बागमती, गण्डकी, र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा पनि हुन सक्ने महाशाखाको चेतावनी छ । यस्तो अवस्थामा सचेत रहन महाशाखाले सुझाव पनि दिएको छ ।