शनिबारका मुख्य ३० खबरका हेडलाईन (भिडियोसहित)

  • १. आइतबार उपत्यकामा सार्बजनिक बिदा दिने गृह मन्त्रालयको घोषणा, राष्ट्रपतिको उपस्थितिमा गुठीका प्रतिनिधिले रातो मच्छिन्द्रनाथको रथबाट चारै दिशामा भोटो देखाउने प्रचलन

    २. प्रधानमन्त्री ओली नेतृत्वको मन्त्रिपरिषदले पायो पूर्णता, दलित समुदायबाट नेपाली कांग्रेसकी समानुपातिक सांसद रुप बिक बनिन् राज्यमन्त्री

    ३. रास्वपाका नेताहरु दुईदिने ‘क्लोज क्याम्प’मा, केन्द्रीय पदाधिकारी, सदस्य र केन्द्रीय विभागका गरी ५० जना सहभागी

    ४. प्रधानमन्त्रीमा रहँदै महाधिवेशन गर्ने केपी ओलीको चाहना, मापदण्डविना कार्यविभाजनले भद्रगोल, पदाधिकारीलाई ‘जनतामा जान रोक’

    ५. धेरै बोलेर समय खेर नफाल्ने मेयर बालेनको भनाई, काम गरेर देखाउने प्रतिबद्धता

    ६. एमालेमा निष्क्रिय रहेका मणि थापा भए पदमुक्त, आफँैले पार्टी छोडेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमको भनाइ

    ७. कैलालीको गेटा मेडिकल कलेज नजिकै एक महिला मृत अवस्थामा फेला, चल्दै गरेको अटो रिक्साबाट हाम फाल्दा ज्यान गएको प्रहरीको पुष्टि

    ८. कैलालीमा थप एक जनामा हैजा पुष्टि, सङ्क्रमितको सङ्ख्या २३ पुग्यो

    ९.चिनियाँ राजदूतको अभिव्यक्ति कूटनीतिक मर्यादा विपरीत भएको राजकिशोर यादवको भनाई, परराष्ट्र मन्त्रालयसँग जानकारी लिने र समितिले आवश्यक निर्देशन दिने दाबी

    १०. विद्युत लाइन काट्न जाँदा प्राधिकरणका कर्मचारी कुटिए, उद्योगको पैसा नउठाएको भन्दै कर्मचारीलाई सर्वसाधारणले कुटेको कुलमान घिसिङको भनाई

    ११. नवलपरासी पूर्वका अधिकांश स्थानमा सकियो रोपाइँ, धानखेती हुने क्षेत्रफलमध्ये हालसम्म ९३ प्रतिशतमा रोपाइँ सकिएको नवलपुर कृषि ज्ञान केन्द्र द्वारा जानकारी

    १२. कक्षा १२ मा १ लाख ८७ हजार विद्यार्थी भए फेल ,९ हजार छ सय ९१ जनाले ल्याए ए प्लस

    १३. बयान फेरेको भन्दै साक्षीलाई नै भ्रष्टाचारको मुद्दा, पोखराका केशरीप्रसाद तिवारी र उर्मिला पौडेलमाथि विशेष अदालतमा अख्तियारले हाल्यो मुद्दा

    १४. कर्णालीमा तीन सय ११ सहकारी, पुँजी १५ अर्ब रहेको रजिष्ट्रार खुमप्रसाद सुवेदीको दाबी

    १५. देशभर २ नयाँ नेपाली फिल्म प्रदर्शनमा, ‘मोदीबेनी’ र ‘शिरफूल’मा भिडन्त

    १६. काठमाँडौमा थपियो नयाँ फिल्म हल स्क्वायर मलमा क्युएफएक्स चेनले खोलेको नयाँ हलको अभिनेता दिपकराज गिरि , किरण केशी ,रमेस उप्रेती निर्मल शर्मा गायक प्रकश सपूत र अभिनेत्री नीति शाहले गरे संयुक्त उद्घाटन

    १७. मौलाकालिका केबलकारको चारतला माथिबाट खसेर मजदुरको मृत्यु, मृत्यु हुनेमा गोरख राउत कुर्मी पटेल रहेको प्रहरीद्धारा जानकारी

    १८. धनुषामा हत्या भएका भोगेन्द्र ठाकुरको विषयमा ८ बुँदे सहमति, शहिद घोषणाका लागि गृह मन्त्रालयमा पहल गरिने

    १९. चकलेटमा भेटियो विषालु ‘टक्सिक मेटल’, भारी धातु क्याडमियमले मिर्गौला र हड्डीलाई असर गर्ने

    २०.सुडान घटनामा दोषी ठहर भएका पूर्व आईजीपी ओमविक्रम राणाको मुद्दामा कारण देखाऊ आदेश जारी, भ्रष्टाचार मुद्दामा दोषी ठहर भए पनि खाइरहेका थिए पेन्सन

    २१. नेपाली जाली नोट कारोबारको ‘ट्रान्जिट प्वाइन्ट’ बन्यो रौतहट, नक्कली नोट ओसारपसारमा रौतहटबाट सबैभन्दा धेरै पक्राउ

    २२.श्रीमान् श्रीमती बिच झगडा भएपछि बिमानलाई गरियो आकस्मिक अवतरण चालक दलका सदस्यले झगडा साम्य गर्न नसकेपछि आपतकालीन अवस्था घोषणा गरी फ्रान्सको नान्टेस विमानस्थलमा आकस्मिक अवतरण गराउनु परेको जानकारी

    २३. समस्यामा साउदी अरबमा कार्यरत ३० नेपाली, कम्पनीले खानेपानी समेत दिँदैन

    २४. १९ हजार कर्मचारीलाई कामबाट निकाल्ने तयारीमा इन्टेल, कूल कर्मचारीमध्ये १५ प्रतिशतलाई कामबाट निकाल्ने बिहिबार कम्पनीले घोषणा

    २५.रुसले सार्वजनिक ग¥यो शीतयुद्ध पछिकै सबैभन्दा ठूलो कैदी साटासाट गरेको भिडियो, रुसी राष्ट्रपतिले गरे आफ्ना कैदीलाई स्वागत

    २७.कैलालीको गेटामा मृत भेटिएकी महिलाको पहिचान खुल्यो, अटो चालकसहित दुई जना पक्राउ ,रहेका मृत भेटिएकी महिला धनगढी उपमहानगरपालिका–११ बरबट्टाकी ३५ वर्षीया कुमारी चौधरी भएको प्रहरीको भनाई

    २८. धनुषामा हत्या भएका ठाकुरको विषयमा ८ बुँदे सहमति , आरोप लागेका मिटरब्याजी शिवजी यादव लगायतका व्यक्तिलाई पक्राउ गरी जाहेरी बमोजिम कारबाही गर्ने, शहीद घोषणाका लागि गृह मन्त्रालयलाई अनुरोध गर्ने, मृतकका बालबालिकालाई निःशुल्क शिक्षा, मिटरब्याज सम्बन्धी उजुरी उपर सुनुवाइ गर्ने लगायतको सहमति

    २९.सामूहिक बलात्कारको आरोपमा ३ पक्राउ , पक्राउ पर्नेमा ३ विद्यार्थीहरु रहेको प्रहरीको भनाई उनिहरुलाई चितवनको माडी नगरपालिकामा मानसिक समस्या भएकी एक महिलालाई सामूहिक बलात्कार गरेको आरोप

    ३०. सरस्वतीनगरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु , मृत्यु हुनेमा मुगु घर भएका २८ वर्षीय मन्दीप मल्ल रहेको जानकारी

     

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation