: सोभिता गौतमलाई नसामा रहेको युवाहरुले मलाई दुर्व्यबहार, भन्छिन मलाई पूर्वयोजना अनुसार आक्रमण भयो (भिडियो सहित)

  • राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले आफूमाथि दुव्र्यवहार भएको भन्दै अभद्र व्यवहार गर्नेमाथि कारबाही गर्न माग गरेकी छिन् ।

    सोमबार प्रतिनिसभाको बैठकमा शुन्य समयमा बोल्दै उनले आफ्नो निर्वाचन कागेश्वरी मनोहरा–६ को मनोकामना टोलमा केही युवाहरुको समूहले आफूमाथि दुर्व्यवहार गरेको भन्दै कारबाहीको माग गरेकी हुन् ।

    उनले आफु बाढी पहिरोको अवलोकनका लागि  निर्वाचन क्षेत्र काठमाडौँ–२ को कागेश्वरी मनोहरा–६ को मनोकामना टोलमा अवलोकन गरेर  फर्केर आउँदा चिया पसलमा १५–१० जना युवाहरुले दुर्व्यवहार गरेको बताइन् ।

    उनले भनिन्, ‘ति युवाहरु नसामा लठ्ठ हुनुहुन्थ्यो,उहाँहरुले मलाइ घेर्न थाल्नुभयो । बुढो मान्छेले बोलाएको ठाउँमा मात्र जाने भनेर प्रश्न गर्न थाल्नुभयो । चक्रव्यूहजस्तो रचियो । जथाभाबी चर्को स्वरमा मुख छाड्न थाल्नुभयो । पार्टीगत रुपमा आक्षेप लगाउने काम भयो । एक किसिमले दुर्व्यवहार गर्ने शैलीले उहाँहरु उत्रिनुभएको थियो ।’

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation