: सोभिता गौतमलाई नसामा रहेको युवाहरुले मलाई दुर्व्यबहार, भन्छिन मलाई पूर्वयोजना अनुसार आक्रमण भयो (भिडियो सहित)

1.43K
shares

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले आफूमाथि दुव्र्यवहार भएको भन्दै अभद्र व्यवहार गर्नेमाथि कारबाही गर्न माग गरेकी छिन् ।

सोमबार प्रतिनिसभाको बैठकमा शुन्य समयमा बोल्दै उनले आफ्नो निर्वाचन कागेश्वरी मनोहरा–६ को मनोकामना टोलमा केही युवाहरुको समूहले आफूमाथि दुर्व्यवहार गरेको भन्दै कारबाहीको माग गरेकी हुन् ।

उनले आफु बाढी पहिरोको अवलोकनका लागि  निर्वाचन क्षेत्र काठमाडौँ–२ को कागेश्वरी मनोहरा–६ को मनोकामना टोलमा अवलोकन गरेर  फर्केर आउँदा चिया पसलमा १५–१० जना युवाहरुले दुर्व्यवहार गरेको बताइन् ।

उनले भनिन्, ‘ति युवाहरु नसामा लठ्ठ हुनुहुन्थ्यो,उहाँहरुले मलाइ घेर्न थाल्नुभयो । बुढो मान्छेले बोलाएको ठाउँमा मात्र जाने भनेर प्रश्न गर्न थाल्नुभयो । चक्रव्यूहजस्तो रचियो । जथाभाबी चर्को स्वरमा मुख छाड्न थाल्नुभयो । पार्टीगत रुपमा आक्षेप लगाउने काम भयो । एक किसिमले दुर्व्यवहार गर्ने शैलीले उहाँहरु उत्रिनुभएको थियो ।’