वन क्षेत्रका समस्या वन मन्त्रालयले नै समाधान गर्नेछः मन्त्री शाही

  • वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वन क्षेत्रमा रहेका चुनौतीहरु सबै सरकार  र वन मन्त्रालयले समाधान गर्ने बताएका छन् ।  शुक्रबार वनको दिगो व्यवस्थापन, समृद्धि तथा जलवायु न्याय विषयक संवाद नीति कार्यक्रममा बोल्दै उनले वन अतिक्रमण बढ्दै गएकाले समाधान गर्नुपर्ने बताएका हुन् ।

    उनले  भने, ‘वन क्षेत्रमा केही मुख्य चुनौतीहरु छन्, तीमध्ये वन अतिक्रमणको चुनौती बढ्दै गइरहेको छ । वन डढेलोको चुनौती बढ्दै गइरहेको छ । मानव  र  वन्यजन्तुबीच द्वन्द्वहरु बढ्दै  गइरहेको छ । त्यसैले द्वन्द्व साथै चुनौतीहरुलाई क्रमश सरकार  र  वन तथा वातावरण मन्त्रालयले एउटा योजना नै  बनाएर समाधान गर्ने  प्रकृया अगाडि बढाइरहेको छ । ’

    यस्तै उनले स्थानीय समुदायको सहभागितामा नेपालले जलवायु परिवर्तनको क्षेत्रमा उल्लेखनीय प्रगती गरेको बताए । उनले नेपालले वन क्षेत्र मात्रै नभइ अन्य पारस्थितिक प्रणालीलाई समेत सन्तुलनमा राखेको दाबी गरे ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2024 newsinnepal.com All right reserved Site By : Himal Creation