शास्त्रीय सङ्गीतका मूर्धन्य व्यक्तित्व गुरुदेव कामतप्रति श्रद्धाञ्जलि अर्पण

  • नेपाली शास्त्रीय सङ्गीत क्षेत्रका परिचित व्यक्तित्व स्वर्गीय गुरुदेव कामतप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । शास्त्रीय सङ्गीतका गुरु, सङ्गीतकार तथा गायक कामतको गत साउन १७ गते निधन भएको थियो ।
    गुरुदेव कामत सङ्गीत फाउन्डेसन तथा गुरुकुल सङ्गीत पाठशाला परिवारद्वारा आयोजित श्रद्धाञ्जली एवं समवेदना कार्यक्रममा उपस्थित कलाकारहरू उनको सम्झनामा गीत प्रस्तुत गरेका थिए ।
    ६९ वर्षको उमेरमा निधन भएका कामतको मिर्गौलामा समस्या देखिएपछि केही महिना काठमाडौँमा रहेर उपचार गराएका थिए । तर आर्थिक समस्याका कारण थप उपचार गर्न नसकेर उनी जन्मथलो सिरहाको पोखरभिन्डा फर्किएका थिए ।
    जन्मथलो फर्किएर उनले लहानस्थित अस्पतालमा डायलासिस गराइरहेका थिए । उपचारको क्रममा उनको निधन भएको थियो । दिवङ्गत कामतका श्रीमती, तीन छोरा र एक छोरी छन् । उनी नेपालसहित भारतमा ठुमरी गायनका लागि प्रख्यात रहेका थिए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2024 newsinnepal.com All right reserved Site By : Himal Creation