साउनको अन्तिम सोमबार पशुपतिमा घुइँचो

91
shares

काठमाडौँको पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । श्रावण महिनाको अन्तिम सोमबार आज पशुपतिनाथ मन्दिरमा बिहानैदेखि श्रद्धालुहरूको ठुलो भीड लागेको हो ।
व्रत बसेकाहरूले पशुपतिनाथमा पूजा अर्चनासहित गोदान, पूर्ण पात्र आदि धार्मिक कार्य गरेर व्रतको समापन गर्दैछन् । साउने सोमबारको पूजाआजा गर्न आएका दर्शनार्थी तथा बोलबम यात्रामा निस्केकाहरूका लागि बिहानदेखि नै मन्दिरमा सहज रूपमा दर्शनको व्यवस्था मिलाएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।