गठ्ठाघरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक महिलाकाे घटनास्थलमै मृत्यु, स्थिति तनावग्रस्त

  • आज बिहीबार भक्तपुरस्थित गठ्ठाघरमा ना.६ ख २१७३ नम्बरको ट्रकले बा.४९ प ८९४४ नम्बरकी स्कुटर चालकलाई ठक्कर दिँदा घटना स्थलमै मृत्यु भएको छ । दोलखाको मेलुङ–४ की २३ वर्षीय सुष्मा नेपालीको मृत्यु भएको हो ।

    ट्रकको चक्काले किचेको अवस्थामा प्रहरीले मृतकको शव निकालेको थियाे । घटनास्थलमा प्रदर्शनकारीले प्रदर्शन गरेका थिए, उनीहरुले प्रहरीमाथि ढुङ्गा प्रहार गरेका थिए । स्थिति नियन्त्रणमा लिन काठमाडौंबाट १९५ जना थप प्रहरी परिचालन गरिएको प्रहरी प्रवक्ता (एसएसपी) दिनेशराज मैनालीले बताए ।  हाल ट्रकचालक फरार रहेको र खोजी भइरहेको एसएसपी मैनालीले जानकारी दिए । घटनास्थलमा करिब २ हजार प्रदर्शनकारीले प्रदर्शन गरिरहेका छन्

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation