गीत र संगीतमा राजनीति घुम्न थाल्यो : गगन थापा

  • नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले पछिल्लो समयमा गीत संगीत, कला सबै राजनीतिक गतिविधिको वरिपरि मात्र घुम्न थालेको बताएका छन् ।शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले हामी राजनीतिभन्दा पर जान नसकेको भन्दै रेडियोमा आउने साथीहरुले नयाँ कुराहरु सिर्जना गर्ने हो भने राजनीतिभन्दा बाहिर विशुद्ध रुपमा काम गर्नुपर्ने बताए ।

    उनले भने, ‘पछिल्लो समयमा गीत, संगीत, कला जे भनेपनि सबै यतिधेरै राजनीतिक गतिविधिको वरिपरि धुम्न थालेको छ । राजनीतिभन्दा पर जान सकिरहेको छैन् । सामाजिक सञ्जालमा पनि यसमै टिप्पणी भइरहेको हुन्छ । त्यसकारण रेडियोमा आउने साथीहरुले नयाँ कुराहरु सिर्जना गर्छु भनेर ठान्ने हो भने राजनीतिभन्दा बाहिर विशुद्ध रुपमा काम गर्न सकिन्छ । किनकी अझै पनि रेडियोको ठूलो बजार छ ।’यसका साथै उनले रेडियो चुनौतीपूर्ण भएपनि नयाँ कुराहरुको सुरुवात यहीबाट गर्न सकिने भन्दै नयाँ पुस्ताहरुलाई नयाँ जोशका साथ काम गर्न आग्रह गरेका छन् ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation