दलित अभियन्ताले सडकमै सुतेर गरे प्रदर्शन

  • दलितका लागि दलित अभियानले काठमाडौंको माइतीघर मण्डलामा गरिरहेको प्रदर्शन शनिबार पनि जारी छ । सरकार गठन र राजनीतिक नियुक्तिमा दलितलाई घृणा गरेको भन्दै प्रदर्शनकारीले सडकमा सुतेर प्रदर्शन गरेका छन् । भइरहेको प्रदर्शन

    दलितका लागि दलित अभियान नेपालको समन्वयमा अभियानका संयोजक खगेन्द्र सुनार सहितका युवाहरुले विगत दुई हप्तादेखि माइतीघरमा विरोध प्रर्दशन गरिरहेका छन् ।

    अभियानका संयोजक सुनारले भने, ‘संविधनलाई संशोधन गर्ने कुरा राम्रो हो । तर जनताको अधिकार कटौती गरेर संशोधन गर्ने कुरा सह्य हुँदैन् । दलितहरुका अधिकार  कटौती गर्ने कांग्रेस र एमालेसँग दम छ ?’

    उनले दलितहरुको अधिकार एमाले र कांग्रेसले काटेको आरोप लगाए ।  उनले नयाँ आएका दलहरुले पनि दलितको लागि कुनै गतिलो मुद्दा नउठाएको बताए ।

    संविधानको व्यवस्था र सामाजिक न्यायको सिद्धान्तबमोजिम दलितको राजनीतिक प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने उनीहरुको माग रहेको छ । अभियानका संयोजक सुनारले एमाले र कांग्रेसले दलितहरुलाई जातिय विभेद गरेको आरोप समेत लगाएका छन् ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation