नयाँ बानेश्वरमा प्रदर्शनकारी र प्रहरीबीच झडप नयाँ बानेश्वरमा प्रदर्शनकारी र प्रहरीबीच झडप : अवस्था तनावपूर्ण अवस्था तनावपूर्ण (भिडियाे सहित)

  • सदनमा पेस भएको अमेरिकी सहयाेग एमसीसी सम्झौताको विरोधमा आज बिहीवार पनि काठमाडाै‌ंको नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शनका क्रममा झडप भएको छ ।

    नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी लगायत दलका सयौँ कायर्कताले एमसीसीको विरोधमा नारा लगाउँदै प्रदर्शन गरिरहेका छन् । नयाँ बानेश्वर क्षेत्रमा ठूलो सङ्ख्यामा प्रहरी तैथान गरिएको छ । दिनभर प्रदर्शनकारी र प्रहरीबीच पटक–पटक झडप भएको छ । झडपमा केही प्रदर्शनकारी र प्रहरी घाइते भएका छन् ।

    प्रहरीको लाठी र अश्रूग्यासका कारण गम्भीर घाइते भएका एकजनाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । प्रहरीले पानीको फोहरा र अश्रु ग्यास प्रहार गरेको छ भने प्रदर्शनकारीले ढुङ्गा र इँटा प्रहार गरेका छन् । प्रदर्शनकारीलाई निषेधित क्षेत्र तोड्न नदिन विभिन्न घेरामा सयौँ प्रहरी परिचालन भएका छन् ।

    नयाँ बानेश्वर क्षेत्रमा भइरहेको प्रदर्शनका कारण माइतीघरदेखि तीनकुनेसम्मको सडकमा गाडी चलेका छैनन् । त्यो रुट भएर चल्ने गाडीलाई डाइभर्सन गरिएकाले माइतीघर, त्रिपुरेश्वर, थापाथली, सिंहदरबार, पुतलीसडक, अनामनगर, पुरानो बानेश्वर, सिनामङ्गल, कोटेश्वर लगायतका क्षेत्रमा लामो जाम परेको छ ।

    🔴 LIVE :संसद घेर्न उर्लियो जनसागर । प्रहरीसँग मुठभेड, बन्यो रणभूमि Maitighar Aandolan (youtube.com)

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation