सिन्धुपाल्चोकको इन्द्रावती नदी थुनिएर एक्कासी बाढी आउनसक्ने

  • सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–७ स्थित तिपेनीमा सुख्खा पहिरो खसेको छ । पहिरोले पाँचपोखरी प्राथमिक अस्पताल उच्च जोखिममा रहेको छ । खोला थुनिएर तिपेनी बजार, हाइड्रोपावर, मेलम्ची बजारलगायत नदी तटीय क्षेत्र जोखिममा परेको छ ।
    जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले इन्द्रावती नदी थुनिएर एक्कासी बाढी आउन सक्ने जोखिम भएको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।
    पाँचपोखरी थाङपालका वडा नं। ७, ८ तथा मेलम्ची नगरपालिकाका वडा नं। ७, ९, ११, १२, १३ र इन्द्रावती गाउँपालिकाका वडा नं। १०, ११ र १२ लगायतका तटिय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई उच्च सतर्कता अपनाउन भनिएको छ ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation