अन्तर्राष्ट्रिय फुटबलबाट गुन्डोगानले लिए सन्न्यास
वि.सं.२०८१ भदौ ४ मंगलवार १०:५२
2.78K
shares
shares

जर्मनीका फुटबल खेलाडी मिडफिल्डर इल्के गुन्डोगानले अन्तर्राष्ट्रिय खेलबाट सन्न्यास लिएका छन्। म्यानचेस्टर सिटीबाट गतवर्ष बार्सिलोनामा प्रवेश गरेका गुन्डोगानले सन् २०११ मा जर्मनीका लागि डेब्यु गरेका थिए। त्यो राष्ट्रिय टोलीबाट ८२ खेल खेलेका उनले १९ गोल गरेका थिए।
गुन्डोगानले सामाजिक सञ्जालमा लेखेका छन्, ‘केही हप्ताको विचारपछि अब मेरो राष्ट्रिय टोलीको करियर अन्त्य गर्ने समय आएको छ भन्ने निष्कर्षमा पुगेको छु।’ उनले क्लब र देशका धेरै खेलहरुका कारण आफुले मानसिक र शारीरिक रुपमा पनि अन्तर्राष्ट्रिय खेलबाट सन्न्यास लिने निष्कर्षमा पुगेको बताएका छन् ।
गुन्डोगानले युरो कप २०२४ मा जर्मनीका लागि पाँच खेल खेलेका थिए। उनको अन्तिम अन्तर्राष्ट्रिय खेल विजेता स्पेनसँग क्वाटरफाइनलमा पराजित भए ।












