
राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्व महामन्त्री डा.मुकुल ढकाललाई फेरि एकपटक स्पष्टिकरण सोध्ने भएको छ । यसअघि सचिवालय बैठकले गरेको निर्णयलाई आज बसेको केन्द्रीय समिति बैठकले अनुमोदन गरेको हो ।
रास्वपा प्रवक्ता मनिस झाले भने, ‘२४ घण्टे स्पष्टिकरण सोध्ने निर्णय गरिएको छ । आज अनुशासन आयोगको प्रतिवेदन पनि सुनियो सबैको राय अनुसार यो निर्णय भएको हो ।’
यसअघि साउन ३० गते रास्वपाले मुकुलसँग २४ घण्टे स्पष्टीकरण सोधेको थियो । जसको जवाफमा ढकालले सभापति रवि लामिछानेलाई आफ्नो नैतिक धरातल पुष्टी गर्न चुनौती दिएका थिए ।
पछिल्लो समय रास्वपामा पूर्व महामन्त्री मुकुलले सभापति रवि लामिछानेको कार्यशैलीमा तीव्र असन्तुष्ट जनाउँदै आएका छन् । ढकाल पहिला रवि निकट व्यक्ति हुन् ।