काठमाडौं प्रवेशको मुख्य नाका नागढुंगा चेकपोस्ट नजिकै पहिरो खस्दा अवरुद्ध बनेको राजमार्ग एकतर्फी खुलेको छ ।
त्रिभुवन राजपथ अन्तर्गत काठमाडौंको चन्द्रागिरी नगरपालिकास्थित नागढुंगा झ्याप्ले खोला नजिकै बिहान दश बजेतिर पहिरो खस्दा सडक अवरुद्ध बनेको थियो । अहिले धादिङ र काठमाडौं तर्फका डोजरले पहिरो पन्छाएर एकतर्फी सवारी सुचारु भएको हो ।
पानी परिरहेकोले गेग्र्यानसहितको पहिरो खस्ने क्रम नरोकिँदा सडक अवरुद्ध खुलाउन लामो समय लागेको हो । सडक पूर्ण रुपले सुचारु हुन अझै केही समय लाग्ने देखिएको छ ।