भैंसीसँग जुध्दा बाघको मृत्यु

  • मकवानपुरको मनहरी गाउँपालिकामा बाघ मृत फेला परेको छ ।

    बिहीबार बिहान सवा ३ बजे मनहरी गाउँपालिका–६ प्रतापुर बस्ने बलबहादुर राईको भैंसी गोठमा बाघ मृत फेला परेको हो ।

    जस्ताको छानो भएको राईको गोठमा रहेको भैंसीसँग जुध्दा बाघको मृत्यु भए जस्तो देखिएको पर्सा वन्यजन्तु आरक्षण सुराक्षार्थ खटिएको नेपाली सेनाको टोलीले अनुमान गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    गोठमा रहेको भैंसीलाई पनि थोरै चोट लागेको तर अवस्था सामामन्य रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।

    चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने उक्त स्थानमा बाघ लगायत जंगली जनावरकोे आक्रमणले बेला÷बेलामा क्षति हुने गरेको छ ।

    ०००

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation