सुनचाँदीको मूल्य घट्यो
वि.सं.२०८१ भदौ ६ बिहीवार ०५:०३
754
shares
shares
xr:d:DAFQ4UFI_nI:398,j:183043416,t:23030506
नेपाली बजारमा बिहीबार सुनको मूल्य ११ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज(विहीबार) छापावाल सुनको मूल्य ११ सय रुपैयाँले घटेर तोलामा १ लाख ५१ हजार ९ सय रूपैयाँ कायम भएको हो ।
बुधबार सुनको मूल्य तोलामा १ लाख ५३ हजार रुपैयाँ कायम भएको थियो। यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा १ हजार ८ सय ३५ रूपैयाँमा कारोवार भएको चाँदी आज ५ रूपैयाँले घटेर १ हजार ८ सय ३० रूपैयाँमा कारोवार भैइरहेको छ ।









