संविधान संशोधन गर्न सबैले आँट गर्नुपर्छ : प्रधानमन्त्री

  • प्रधानमनत्री केपी शर्मा ओलीले, संविधान संशोधनको विषय एउटाको आँट अर्काेले हेर्ने विषय नभएको भन्दै सबै मिलेर आँट गर्नुपर्ने बताए ।
    बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले संविधानमा संशोधनको कुरा आठ वर्षसम्म यसको कार्यान्वयनमा गरेको अनुभव र देशको आवश्यकताका आधारमा हुने बताए । उनले संविधान संशोधनको आँट सबै मिलेर गर्नुपर्ने बताए ।
    उनले भने,‘संविधानमा संशोधनको कुरा गर्दा आठ वर्षसम्म यसको कार्यान्वयनमा गरेको अनुभव र देशको आवश्यकताका आधारमा हुने हो । त्यसमा सरकारको मात्रै होइन, सम्मानीत संसद्को पनि आँट चाहिन्छ । एउटाको आँट अर्काेले हेर्ने विषय होइन, सबै मिलेर आँट गर्ने विषय हो ।’
    विभिन्न जिल्ला सदरमुकाममा विगतमा निर्माण भएका पूर्वाधारमा सरकारको लगानी खेर जान नदिने र पूर्ण सदुपयोग गर्ने सरकारले नीति अवलम्वन गर्ने बताए ।
    उनले भने,‘जिल्ला सदरमुकाममा हालका दिनमा प्रदेशको उपस्थितिले समेत गर्दा थप बजार क्षेत्रको रुपमा विकास भइरहेका छन् । विभिन्न जिल्ला सदरमुकाममा विगतमा निर्माण भएका पूर्वाधारमा सरकारको लगानी खेर जान नदिन र पूर्ण सदुपयोग गर्ने नीति सरकारले अवलम्वन गर्नेछ ।’
    सरकारले वित्त नीति र मौद्रिक नीतिमार्फत निजी क्षेत्रको मनोबल बढाउने,सम्पन्न भएका आयोजनाहरुका भुक्तानी दिनुपर्ने लगायतका कार्ययोजना बनाई काम गरिरहेको उनले जानकारी दिए ।

    यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

    © 2025 newsinnepal.com All right reserved Site By : Himal Creation